काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबा बिहान भएको चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्समाथि शानदार जित निकालेको छ ।
मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ८३ रनको विजय लक्ष्य पछ्याउने क्रममा विराटनगर १६ दशमलव १ ओभरमा ९२ रनमै अलआउट हुन पुग्यो । यो हारसँगै एनपीएलमा विराटनगरले लगातार दोस्रो हार व्यहोरेको छ ।
यसअघि गएको शनिबार भएको एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स जनकपुर बोल्ट्सँग ८ विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दीपेन्द्रको उत्कृष्ट ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा १ सय ८२ रन जोड्यो।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतकिय पारि खेलेका थिए ।
प्रतिक्रिया