१८ पुस २०८२, शुक्रबार । January 2, 2026

एनपीएल म्याच ५

कुशल मल्ल र कुशल भुर्तेल आमने सामने ! को कति बलियो ?



काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन् ।

प्रतियोगितामा सुखद सुरुवात गरेको कुशल मल्ल नेतृत्वको चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने कुशल भुर्तेल पहिलो खेलमै जित आफ्नो पक्षमा पार्ने दाउमा छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई पावर हिटर ब्याटर मल्ल र भुर्तेलबीचको यो प्रतिष्पर्धा निकै रोचक हुन सक्ने अनुमान गरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार दिनको १ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

कस्तो छ दुवै टिमको फर्मेसन ?
पोखरा एभेन्जर्स
नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्स एनपिएलको उपाधि जित्ने दाउमा छ । पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री जस्ता युवा स्टारहरूको बाहुल्यता रहेको छ । टिममा दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ पनि छन् ।

पोखरा एभेन्जर्समा अमेरिका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे, इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका रेमन राइफर र स्कटल्यान्डका माइकल लिस्क रहेका छन् । आइकोनिक खेलाडीमा भने सुदिप अर्याल छन् ।

चितवन राइनोज
प्रतियोगितामा सुखद सुरुवात गरेको चितवन राइनोज मंगलबार हुने पोखरा विरुद्धको खेलमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पावर हिटर कुशल मल्ल मार्की रहेको चितवन राइनोज बागमती प्रदेशको चितवनबाट प्रतिनिधित्व गर्ने टिम हो । यस टिममा कुशलले नेतृत्व गरिरहँदा नेपालका अनुभवी खेलाडी शरद भेषवाकर पनि यसै टिममा छन् ।

ब्याटिङ युनिटको कुरा गर्ने हो भने शरद र कुशलसँगै दिपक बोहोरा, रञ्जित कुमार र विपिन रावल पनि चितवनमा छन् । त्यसबाहेक विदेशी खेलाडीमा रवि बोपारा, जान निकोल लोफ्टी इटोनले चितवनको ब्याटिङ युनिट पूरा हुनेछ । बलिङ युनिटमा गौतम केसी, अमर रौतेला, सन्तोष कार्कीको साथमा पाकिस्तानी बलर शाहिल तानविरको मुख्य भूमिका हुनेछ ।

तानविर तिनै खेलाडी हुन् जसले काठमाडौं विरुद्धको एकै खेलमा ५ विकेट लिएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together