९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल म्याच ५

कुशल मल्ल र कुशल भुर्तेल आमने सामने ! को कति बलियो ?


१८ मंसिर २०८१, मंगलबार  

426
Shares

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन् ।

प्रतियोगितामा सुखद सुरुवात गरेको कुशल मल्ल नेतृत्वको चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने कुशल भुर्तेल पहिलो खेलमै जित आफ्नो पक्षमा पार्ने दाउमा छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई पावर हिटर ब्याटर मल्ल र भुर्तेलबीचको यो प्रतिष्पर्धा निकै रोचक हुन सक्ने अनुमान गरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार दिनको १ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

कस्तो छ दुवै टिमको फर्मेसन ?
पोखरा एभेन्जर्स
नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्स एनपिएलको उपाधि जित्ने दाउमा छ । पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री जस्ता युवा स्टारहरूको बाहुल्यता रहेको छ । टिममा दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ पनि छन् ।

पोखरा एभेन्जर्समा अमेरिका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे, इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका रेमन राइफर र स्कटल्यान्डका माइकल लिस्क रहेका छन् । आइकोनिक खेलाडीमा भने सुदिप अर्याल छन् ।

चितवन राइनोज
प्रतियोगितामा सुखद सुरुवात गरेको चितवन राइनोज मंगलबार हुने पोखरा विरुद्धको खेलमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पावर हिटर कुशल मल्ल मार्की रहेको चितवन राइनोज बागमती प्रदेशको चितवनबाट प्रतिनिधित्व गर्ने टिम हो । यस टिममा कुशलले नेतृत्व गरिरहँदा नेपालका अनुभवी खेलाडी शरद भेषवाकर पनि यसै टिममा छन् ।

ब्याटिङ युनिटको कुरा गर्ने हो भने शरद र कुशलसँगै दिपक बोहोरा, रञ्जित कुमार र विपिन रावल पनि चितवनमा छन् । त्यसबाहेक विदेशी खेलाडीमा रवि बोपारा, जान निकोल लोफ्टी इटोनले चितवनको ब्याटिङ युनिट पूरा हुनेछ । बलिङ युनिटमा गौतम केसी, अमर रौतेला, सन्तोष कार्कीको साथमा पाकिस्तानी बलर शाहिल तानविरको मुख्य भूमिका हुनेछ ।

तानविर तिनै खेलाडी हुन् जसले काठमाडौं विरुद्धको एकै खेलमा ५ विकेट लिएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो