९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल म्याच ४

सन्दीप नेतृत्वको विराटनगर र दिपेन्द्र नेतृत्वको सुदूरपश्चिम भिड्दै


१८ मंसिर २०८१, मंगलबार  

1k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग पराजयको स्वाद चाखेको विराटनगर किंग्सले मंगलबार (आज) सुदूरपश्चिम रोयल्ससँग आफ्नो दोस्रो खेल खेल्दैछ ।

एनपीएलमा सुदूरपश्चिमको भने यो पहिलो खेल हुनेछ । मंगलबार बिहान ९ बजेर १५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा दुवै टोली आफ्नो पहिलो जितको खोजिसहित मैदानमा उत्रिनेछन् । विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गरेका छन् भने सुदूरपश्चिमको कप्तानी दिपेन्द्रसिंह ऐरीले गरेका छन् ।

कस्तो छ दुवै टिमको फर्मेसन ?

सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्स एनपिएल उपाधि दाबेदार मध्यको एउटा टिम हो । अलराउण्डर दीपेन्द्रसिंह ऐरी मार्की रहेको सुदूरपश्चिम रोयल्स आफ्ना् पहिलो खेलमा जित निकाल्दै उपाधिका लागि बाटो सहज बनाउन चाहान्छ । सुदूरपश्चिम रोयल्समा ऐरीसँगै आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी जस्ता राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडीसमेत रहेका छन् ।

टिममा इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद जस्ता युवा खेलाडी छन् । सुदूरपश्चिम रोयल्समा धेरै जसो सुदूरपश्चिमकै खेलाडीको बाहुल्यता रहेको छ । सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इंग्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्तफा छन् । वसन्त खत्री सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी हुन् ।

टिम फर्मेसनका हिसाबले पनि सुदूरपश्चिम रोयल्स बलियो देखिन्छ ।

विराटनगर किङ्ग्स
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्ग्सले एनपीएलको पहिलो खेलमै हारको स्वाद चाखिसकेको छ । जनकपुर बोल्ट्ससँगको उद्घाटन खेलमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको विराटनगर पहिलो जितको खोजिमा छ ।

५ विदेशी खेलाडीसहित प्रभावशाली स्वदेशी खेलाडीहरु रहेको विराटनगर आफैँमा एउटा उपाधि दाबेदार टिम हो । विराटनगरसँग विश्वकै चर्चित खेलाडी मार्टिन गप्टिल छन् । गप्टिलबाहेक ओमानका अलराउण्डर आकिब इल्यास, क्यानडाका कप्तान निकोलस किर्टोन र स्कटिस बलर क्रिस सोल विराटनगरमा छन् ।

विराटनगरमा नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका प्रतिश जिशी, लोकेम बम, बासिर अहमद र जितेन्द्र मुखियाजस्ता खेलाडी छन् । विराटनगरका कप्तान सन्दीपसँग आईपीएलदेखि विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ जुन् एनपीएलमा काम लाग्नेछ ।

शनिबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म ३ खेल भइसकेका छन् । जसमा जनकपुर बोल्ट्सले लगातार २ खेलमा जित निकालेको छ भने चितवन राइनोजले पनि प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो