२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एनपीएल विशेषः कप्तान अनिलको शानदार प्रदर्शनमा जनकपुरको लगातार दोस्रो जित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको सोमबार भएको तेस्रो खेलमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हासिल गरेको छ।

उद्घाटन खेलमा विराटनगरलाई हराएको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १ यस ४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ दशमलव १ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। जनकपुरलाई सहज जित दिलाउने क्रममा ओपनरहरुले सानदार ओपनिङ गर्दै पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

आसिफ शेखसँग ८४ रनको साझेदारी गरेका अनिल साहले अर्धशतकीय इनिङ्स खेल्दै दोस्रो विकेटका लागि लाहिरु मिलन्थासँग ३३ रनको साझेदारी गरे। मिलन्था १३ बलमा २४ रन बनाएर आउट भएका थिए। त्यसपछि क्रिजमा आएका जिमी निसम र ओपनर अनिलले बाँकी खेल सकाएका थिए।

निसमले १६ रन बनाउँदा कप्तान अनिलले ४१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६२ रनको अविजि इनिङ्स खेले। कर्णालीका लागि जेसन मक्सुद र मौसम ढकालले समान १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले जितका लागि १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको