२ कार्तिक २०८३, सोमबार । October 19, 2026

होलि भिजन माध्यमिक विद्यालयको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न


१७ मंसिर २०८१, सोमबार  

1.1k
Shares

काठमाडौं । होलि भिजन माध्यमिक विद्यालयले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत तथा १२ का विद्यार्थीहरुलाई विदाइ गरेको छ ।

डा. चिन्तामणि योगीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्र निकै भब्य भएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक नारायण शर्मा गजुरेल, संस्थापक निर्देशक पदम दास सिंह, संस्थापक निर्देशक कृतिनाथ सुवेदी, प्रधानाध्यापक जलन महर्जन र सह–प्रधानाध्यापक बुद्धिसागर त्रिपाठीको उपस्थिती रहेको थियो । साथै शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको थियो ।

कक्षा ११ र १२ का विद्यार्थीहरुले प्रस्तुत गरेको बहुरंगी सांस्कृतिक कार्यक्रमहरुले सबैको मन जितेको थियो विशेष गरी किशोरावस्थामा आधारित कक्षा ११ र १२ का विद्यार्थीहरुले प्रस्तुत गरेको प्रभावशाली नाटकले दर्शकहरुलाई हसाँउँदै सोच्न बाध्य बनाएको थियो ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक जलन महर्जनले नयाँ विद्यार्थीहरुलाई सफल शैक्षिक यात्राको शुभकामना दिँदै उज्जवल भविष्यको कामना समेत गरेका थिए । उनले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरुको प्रतिभा देशकै उदाहरणीय रहेकोमा गर्व महशुस भएको धारण व्यक्त गरे ।

कार्यक्रमले समुदायमा नयाँ उर्जा र उत्साह भर्ने मात्र नभई शिक्षक, विद्यार्थी र अभिभावक बीचको सम्बन्धलाई थप सुदृढ बनाएको अपेक्षा समेत गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि