१८ पुस २०८२, शुक्रबार । January 2, 2026

एनपीएल विशेषः कर्णालीले जनकपुरलाई दियो १ सय ४२ रनको मध्यम लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको हो । ओपनिङ राम्रो नभएपनि मध्यक्रमका ब्याट्सम्यानले इनिङ्स सम्हालेपछि कर्णाली सम्मानजनक योगफल तयार पार्न सफल भएको हो ।

दोस्रो ओभरमा नै ओपनर देव खनाललाई एक रनमा गुमाएको कर्णालीका चर्चित ब्याट्सम्यान शिखर धवन पनि १४ रनमा आउट भए । मात्र १४ बलको सामना गरेका उनी हर्स ठाकरको बलमा बोल्ड भए । खनाललाई भने ललित राजवंशीले आउट गरे । अर्का विदेशी खेलाडी चाड्वीक वाल्टन ८ र जिशान मक्सुद शुन्य रनमा पवेलियन फर्के ।

बाबर हायात पनि १२ रनमा क्याच आउट भए । बाबरले गुल्शन झासँग मिलेर पाँचौ विकेटका लागि ३३ रनको साझेदारी गर्दै आशा जनाएका थिए । गुल्शन ३६ रनमा किशोर महतोको बलमा बोल्ड भए । अर्जुन घर्ती ३३ रनमा आउट भए । अर्जुनले १९औं ओभरमा हर्स ठाकरविरुद्ध २२ रन जोडे ।

२२ बलको सामना गरेका उनले २ छक्का र २ चौका प्रहार गरे । क्याप्टेन सोमपाल कामी २९ रनमा नटआउट रहे ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together