९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल

पहिलो जितबाट उत्साहित जनकपुरलाई रोक्ने दाउमा कर्णाली, कस्तो छ टिमको फर्मेसन ?


१७ मंसिर २०८१, सोमबार  

831
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागि ८ टिम मध्ये सबैभन्दा बढी प्रचारप्रसार गरिएको कर्णाली याक्सले सोमबार (आज) आफ्नो पहिलो खेल खेल्दैछ ।

प्रभावशाली स्वदेशी तथा विदेशी खेलाडीको जमघट रहेको कर्णाली उपाधि जित्ने ध्येका साथ मैदानमा उत्रिँदैछ । जसका लागि आफ्नो पहिलो खेलमै जनकपुर बोल्ट्लाई हराएर प्रतियोगितामा सुखद सुरुवात गर्ने कर्णालीको दाउ छ । यता, पहिलो खेलमा विराटनगर किंग्सलाई हराएर हौसिएको जनकपुर बोल्ट्स पनि एनपीएलमा लगातार दोस्रो जित दर्ज गर्ने लक्ष्यमा छ ।

यस्तोमा कर्णाली र जनकपुरबीचको खेल निकै रोचक हुने अनुमान समेत गर्न सकिन्छ । कर्णाली र जनकपुरबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १ बजेर १५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

कर्णाली याक्सको टिम
अनुभवी स्वदेशी तथा विदेशी खेलाडीसहित एनपीएलको पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ कर्णाली याक्स । राष्ट्रिय टोलीका फास्ट बलर सोमपाल कामी मार्की रहेको कर्णाली याक्समा राष्ट्रिय टोलीका युवा अलराउन्डर गुल्सन झा, देव खनाल, रित गौतम, नन्दन यावद, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे जना प्रभावशाली स्वदेशी खेलाडीहरु अनुबन्धित छन् ।

यस्तै कर्णाली याक्सले भारतीय क्रिकेटका साथै विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएका चर्चित विष्फोटक बायाँहाते ब्याटर शिखर धवनलाई अनुबन्धित गरेर उपाधिको मुख्य दाबेदार बन्ने चर्चा कमाएको छ । धवनसँगै पाकिस्तानी खेलाडी हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट यन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद अनुभवी विदेशी खेलाडीहरु प्नि कर्णाली याक्समा छन् ।

धवन उनै खेलाडी हुन् जो सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतको पोल्टमा पार्न महत्त्वपूर्ण योगदान दिएका थिए ।

जनकपुर बोल्ट्सको टिम
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर अनिल साहको कप्तानिमा रहेको जनकपुर बोल्ट्सले एनपीएलमा विजयको खाता खोलिसकेको छ । शनिबार भएको एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै जनकपुरले विजयी सुरुवात गरेको हो ।

पहिलो जितबाट उत्साहित रहेको जनपुर लगातार दोस्रो जितको खोजिमा रहनेछ । राष्ट्रिय टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख मार्की रहेको यस टिममा राष्ट्रिय टिमकै स्पीनर ललित राजवंशी जस्ता प्रभावशाली खेलाडीहरु पनि रहेका छन् । जनकपुरले भित्राएका विदेशी खेलाडीहरुमा पनि न्युजिल्याण्डका चर्चित खेलाडीदेखि पाकिस्तानका अनुभवी खेलाडीसम्म रहेका छन् ।

जनकपुरले न्युजिल्याण्डका जिमी नीशम, पाकिस्तानका सोएब मकसुदसहित अमेरिकाका जोसुआ ट्रोम्प, मोहमद मोहसिन र लाहिरु मिलान्था अनुबन्ध गरेको छ ।

शनिबार (मंसिर १५) बाट सुरु भएको एनपीएल पुष ६ गतेसम्म चल्नेछ । २० दिनको यो अवधिमा ३२ ओटा खेलहरु हुनेछन् । सबै खेलहरु त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो