२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एनपीएलः काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्दै



काठमाडौं । शनिबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार (आज) हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको लामो अनुभव बोकेका करण केसी नेतृत्वको काठमाडौं र राष्ट्रिय टोलीका आक्रामक ब्याटर कुशल मल्ल नेतृत्वको चितवनबीचको प्रतिष्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

कस्तो छ टिम काठमाडौं ?
नेपाली टिमका फास्ट बलर करण केसीको कप्तानीमा रहेको घरेलु टोली काठमाडौं गुर्खाज एनपिएलको उपाधि दाबेदार टिम हो । काठमाडौं गुर्खाजमा करणबाहेक, साहब आलम, भीम सार्की, रसिद खान जस्ता युवा खेलाडी छन् । टिममा शङ्कर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल छन् ।

काठमाडौं गुर्खाजको विदेशी खेलाडीमा भने इंग्ल्यान्डका नेथन सोउटर, इंग्ल्यान्डकै स्टेफन इस्किनाजी, इंग्ल्यान्डका ड्यान डौथवेट, नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरासमस छन् । काठमाडौँको आइकोनिक खेलाडीमा भने कृष कार्की छन् ।

कस्तो छ टिम चितवन ?
आक्रामक युवा ब्याटर कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजको चर्र्चा सामाजिक सञ्जालमा कमै छ । तर, यस टिमले मैदानमा भने आफ्नो प्रभाव जमाउन सक्ने देखिन्छ । यस टिममा कुशलले नेतृत्व गरिरहँदा नेपालका अनुभवी खेलाडी शरद भेषवाकर पनि चितवनमा छन् ।

ब्याटिङ युनिटको कुरा गर्ने हो भने शरद र कुशलसँगै दिपक बोहोरा, रञ्जित कुमार र विपिन रावल पनि चितवनमा छन् । त्यसबाहेक विदेशी खेलाडीमा रवि बोपारा, जान निकोल लोफ्टी इटोनले चितवनको ब्याटिङ युनिट पूरा हुनेछ । बलिङ युनिटमा गौतम केसी, अमर रौतेला, सन्तोष कार्कीको साथमा पाकिस्तानी बलर शाहिल तानविरको मुख्य भूमिका हुने ।

जसमा पार्ट टाइम बलर खोज्ने हो भने स्पिनमा कप्तान कुशल आफैं पनि आउन सक्छन् । चितवनका लागि इटोन लोफ्टी अर्का पार्ट टाइम बलर हुन सक्छन् । चितवनले पनि टिमलाई सन्तुलित बनाउनका लागि ५ विदेशी खेलाडीलाई भित्राएको छ ।

शनिबार (मंसिर १५) बाट सुरु भएको एनपीएल पुष ६ गतेसम्म चल्नेछ । २० दिनको यो अवधिमा ३२ ओटा खेलहरु हुनेछन् । सबै खेलहरु त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको