९ चैत्र २०८२, सोमबार । March 23, 2026

सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न नेपाल आइपुगे ब्रान्डन मक्मलेन


१४ मंसिर २०८१, शुक्रबार  

375
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न स्कटिस खेलाडी ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् ।

मक्मलेन शुक्रबार नेपाल आइपुगेका हुन् । उनले एनपीएल टिम सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्नेछन् । उनलाई सुदूरपश्चिम रोयल्सका विटम व्यवस्थापक रवि तिमल्सिनाले स्वागत गरेका थिए । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

जसमा उनले ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले २०२३ मा जमर्नीविरुद्धको खेलमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन् । उनी स्कटल्यान्डको एकदिवसीय टिमको पनि हिस्सा हुन् । उनले २६ एकदिवसीय खेलमा ३ शतक र २ अर्धशतक बनाएका छन् ।

सुदूरपश्चिममा स्कटल्यान्डका ब्रान्डन मक्मलेनकासहित न्युजिल्यान्डका स्कट कुगेलेइन, इङ्ग्ल्यान्डका सेफ अलि जेब, र युएईका रोहन मुस्तफा विदेशी खेलाडीहरू टोलीमा समावेश गरेको छन् । हाल सुदूरबाट खेल्ने मुस्ताफा बाहेकका सबै खेलाडी नेपाल आइपुगिसकेका छन् । सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।

त्यस्तै टिममा नेपाली खेलाडीहरुमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी,अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो