३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

यू–१९ एशिया कपः श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल



काठमाडौं । एसीसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि श्रीलंकाले ब्याटिङ गर्ने भएको हो । आठ देश सहभागि एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन् ।

नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।

प्रतियोगिताको सेमिफाइनल मंसिर २१ र फाइनल खेल २३ गते हुनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ