२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एनपीएल अभ्यास खेलः विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको अभ्यास खेलमा विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग पराजित भएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको अभ्यास खेलमा विराटनगर पोखरासँग ३६ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । पोखराका लागि कुशल भुर्तेलले ३५ बलमा सर्वाधिक ५५ रन जोडे ।

अन्य खेलाडीको प्रदर्शन भने औसत रह्यो । पोखराका लागि दिनेश खरेलले १६ रन बनाउँदा विदेशी खेलाडी बास डि लिड्सले १९ रन बनाए । त्यस्तै, माइकल लिस्कले २१ रन बनाउँदा किरण ठगुन्नाले १० रनको योगदान दिए ।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले २/२ तथा जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको