९ चैत्र २०८२, सोमबार । March 23, 2026

विराटनगर किङ्ग्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्टिन गप्टिल


१३ मंसिर २०८१, बिहिबार  

633
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेञ्चाइज टोली विराटनगर किङ्ग्सबाट खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगेका छन् ।

बिहीबार नेपाल ओर्लिएका गप्टिललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विराटनगर किङ्ग्सका प्रतिनिधिले स्वागत गरेका थिए । ३८ वर्षीय ओपनिङ ब्याटर गप्टिलले १ सय २२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतकसहित तीन हजार पाँच सय ३१ रन बनाएका छन् । यसअघि आजै दिउँसो क्यानडाका निकोलस किर्तोन विराटनगरबाट खेल्न नेपाल आइपुगेका छन् ।

आगामी मंसिर १५ गते शनिबारदेखि शुरु हुने पहिलो संस्करणको एनपीएल प्रतियोगिताको लागि विदेशी खेलाडी धमाधम नेपाल आउने क्रम सुरु भएको छ । उद्घाटन खेलमा पर्सि दिउँसो १२ बजे विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

एनपीएलमा विराटनगर, जनकपुरसहित चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ५ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो