३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ



काठमाडौं । आगामी २९ नोभेम्बरबाट मलेसियामा सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितीमा मंगलबार टोलीको विदाई गरिएको हो । विदाई कार्यक्रममा बोल्दै यू-१९ टोलीका कप्तान हेमन्त धामिले १५ दिनको क्याम्प र कर्नाटकसँगको सिरिजले एसिया कपका लागि धेरै फाइदा पुगेको बताएका छन् ।

यस्तै यू-१९ टोलीका नवनियुक्त प्रशिक्षक शक्ति गौचनले टोली एसिया कपका लागि तयार रहेको बताउँदै उत्कृष्ट नतिजा ल्याउनेमा विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली युवा टोलीलाई दबाबरहित तरिकाले खेल्न सुझाव दिएका छन् ।

यस्तै, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नेपाली यू–१९ टोली नेपाली क्रिकेटको मेरुदण्ड भएको उल्लेख गरेका छन् । यू १९ एसिया कपका लागि नेपाल क्रिकेट संघ क्यानले यसअघि नै तीव्र गतिका बलर हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अभिषेक तिवारी र रन्जित कुमार लगायतका खेलाडीहरु रहेका छन् ।

एसिया कपमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ३ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं