२२ मंसिर २०८२, आइतबार । December 7, 2025

एनपीएलका लागि क्यानले तोक्यो टिकटको मूल्य, सिजनल पासमा २० प्रतिशत छुट



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले टिकट निर्धारण गरेको छ।

क्यानले प्रतियोगिताका लागि साधारण, भाइपी तथा सिजनलअनुसार फरक–फरक मूल्य निर्धारण गरेको हो। क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरलतर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ।

त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरलतर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ। प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ। त्यस्तै, फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ।

त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ, जसमा‌ २० प्रतिशत छुट दिइएको छ। प्रतियोगिता भरीलाई‌ हुने उक्त टिकटको जनरलतर्फ ४ हजार ४८०‌ रुपैयाँ र भीआईपी तर्फ ८ हजार २४० तोकिएको छ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको