९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएलः विराटनगर किंग्सले सार्वजनिक गर्यो जर्सी


४ मंसिर २०८१, मंगलबार  

36
Shares

काठमाडौं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको छ ।

विराटनगर किंग्सका मार्की प्लेयर सन्दीप लामिछानेले मंगलबार जर्सी सार्वजनिक गरेका हुन् । जर्सी सार्वजनिक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एनपीएलमा विराटनगर किंग्सले सफलता पाउने बताए । मुख्यमन्त्री कार्कीले खेलाडीको मनोबल बढाउन प्रदेश सरकारले खेलाडीको उच्च सम्मान गर्दै खेलकुदको विकास गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सन्दीपले खेलप्रति दर्शकको माया र साथले ट्रफी जितेर ल्याउने अठोट व्यक्त गरे । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सबैको सफलताले टोली अगाडि बढ्ने उनको भनाइ थियो ।

टोलीको जर्सी अनावरण कार्यक्रममा विराटनगर किंग्सका खेलाडीहरू लोकेश चन्द, दीपक बोहोरा, सुवास भण्डारी, विनोद गुरुङ, प्रतिश जिसीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali