४ कार्तिक २०८३, बुधबार । October 21, 2026

एनपीएलः इङ्गल्यान्डका बलर नाथनले काठमाडौं गुर्खाजबाट खेल्ने


४ मंसिर २०८१, मंगलबार  

24
Shares

काठमाडौं । इङ्गल्यान्डका बलर नाथन सोउटरले काठमाण्डौ गुर्खाजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

३२ वर्षीय नाथनलाई पाँचौं विदेशी खेलाडीका रूपमा भित्र्याएको काठमाडौं गुर्खाजले जनाएको छ । उनले १ सय ४३ टी–२० क्रिकेटमा १ सय ५४ विकेट लिएका छन् । नाथन काठमाडौं आबद्ध हुने इङ्गल्यान्डका तेस्रो खेलाडी हुन् । काठमाडौंले यसअघि इङ्गल्यान्डका स्टेफन इस्किनाजी र ड्यान डौथवेटसहित नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड इरसमसलाई अनुबन्ध गरेको थियो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ टोली सहभागी हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । उद्घाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्ट्स खेल्दैछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि