२२ मंसिर २०८२, आइतबार । December 7, 2025

५१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसुचक नेप्से ५१ दशमलव ११ अंक घटेको हो ।

आज नेप्से ५१ दशमलव ११ अंकले घटेर २ हजार ७ सय २ विन्दुमा पुगेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो । २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

उत्पादन १ दशमलव ४८, अन्य १ दशमलव ५८, विकास बैंक २ दशमलव २९, होटल तथा पर्यटन ३ दशमलव १७, हाइड्रोपावर ३ दशमलव ०७ तथा माइक्रोफाइनान्स समूह १ दशमलव ५३ प्रतिशत घटे । त्यस्तै बैंकिङ १ दशमलव ११, निर्जीवन बीमा १ दशमलव ६९, जीवन बीमा १ दशमलव ९४ तथा फाइनान्स समूह २ दशमलव ३१ प्रतिशत घटेको छ ।

आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नारायणी विकास बैंकको ७ दशमलव २७, गुराँस लघुवित्तको ५ दशमलव ८४, युनिक नेपाल लघुवित्तको ५ दशमलव ३७, पोखरा फाइनान्सको ४ दशमलव ०४ प्रतिशत मूल्य बढ्यो । ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९ दशमलव २५ प्रतिशत घट्यो ।

समृद्धि फाइनान्सको ८ दशमलव ५५, जानाकी फाइनान्सको ८ दशमलव २०, धौलागिरि लघुवित्तको ७ दशमलव ९४, मोलुङ हाइड्रोपावरको ६ दशमलव ८५ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको