१७ पुस २०८२, बिहिबार । January 2, 2026

यूईएफए नेसन्स लिगः रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको क्‍वाटरफाइनल यात्रा तय



एजेन्सी । यूईएफए नेसन्स लिगमा पोल्यान्डमाथि फराकिलो जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा पुगेको छ ।

शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोल अन्तरले पराजित गर्दै क्‍वाटरफाइनलमा पुगेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एकरएक गोल गरे । पोल्याण्डका डोमिनिक मार्क्जुकले सान्त्वना गोल फर्काए ।

दोस्रो हाफको ५९औं मिनेटमा लिओले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ७२औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । पेनाल्टीमा रोनाल्डो चुकेनन् र टोलीको अग्रता दोब्बर पारे । त्यसपछि ब्रुनो फर्नान्डेसले उत्कृष्ट गोल गर्दै टोलीलाई ३-० ले अगाडि ल्याए । ८३औं मिनेटमा पेड्रोले गोल थपे भने ८७औं मिनेटमा रोनाल्डोले एक्रोब्याटिक गोल गर्दा पोर्चुगल ५-० को फराकिलो अग्रता बनाउन सफल भयो ।

त्यसको एक मिनेटपछि मार्क्जुकले सान्त्वना गोल फर्काएका थिए । ५-१ को फराकिलो जित निकालेको पोर्चुगल लिग ए ग्रुप १ मा ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ । उसको क्‍वाटरफाइनलमा स्थान सुरक्षित भइसकेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य