१७ पुस २०८२, बिहिबार । January 2, 2026

ताजकिस्तानसँगको मैत्रिपूर्ण फुटबलमा नेपाल ४-० गोल अन्तरले पराजित



काठमाडौं । बुधबार राति भएको नेपाल र ताजकिस्तान बिचको मैत्रिपूर्ण फुटबलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको छ ।

खेल सेन्ट्रल रिपब्लिकन रंगशालामा घरेलु टोली ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले २/२ गोल गरे। नेपालले पहिलो हाफमा ३ गोल खायो भने दोस्रो हाफमा एक गोल खाएको थियो। १९औँ मिनेटमा माबत्शोएवले गरेको गोलबाट ताजकिस्तानले खेलमा अग्रता लिएको थियो।

१० मिनेटपछि नै जालिलोभले टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्तिम मिनेटमा माबत्शोएवले व्यक्तिगत दोस्रो गोल गर्दा ताजकिस्तान ३-० ले अग्रता लियो। ५०औँ मिनेटमा जालिलोभले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० बाट जिताए। यही खेलमार्फत मिडफिल्डर रोहन कार्कीले सिनियर टोलीबाट अन्तरराष्ट्रिय खेलमा डेब्यू गरेका छन्।

उनले आज पहिलो रोजाइमै खेल्ने अवसर पाए। अब नेपालले शनिवार अफगानिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य