२४ माघ २०८२, शुक्रबार । February 6, 2026

ताजकिस्तानसँगको मैत्रिपूर्ण फुटबलमा नेपाल ४-० गोल अन्तरले पराजित



काठमाडौं । बुधबार राति भएको नेपाल र ताजकिस्तान बिचको मैत्रिपूर्ण फुटबलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको छ ।

खेल सेन्ट्रल रिपब्लिकन रंगशालामा घरेलु टोली ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले २/२ गोल गरे। नेपालले पहिलो हाफमा ३ गोल खायो भने दोस्रो हाफमा एक गोल खाएको थियो। १९औँ मिनेटमा माबत्शोएवले गरेको गोलबाट ताजकिस्तानले खेलमा अग्रता लिएको थियो।

१० मिनेटपछि नै जालिलोभले टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्तिम मिनेटमा माबत्शोएवले व्यक्तिगत दोस्रो गोल गर्दा ताजकिस्तान ३-० ले अग्रता लियो। ५०औँ मिनेटमा जालिलोभले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० बाट जिताए। यही खेलमार्फत मिडफिल्डर रोहन कार्कीले सिनियर टोलीबाट अन्तरराष्ट्रिय खेलमा डेब्यू गरेका छन्।

उनले आज पहिलो रोजाइमै खेल्ने अवसर पाए। अब नेपालले शनिवार अफगानिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल