१ चैत्र २०८१, शनिबार । March 15, 2025

यूएईलाई फराकिलो अन्तरले हराउँदै नेपाल यू-१९ महिला टी–२० विश्वकपमा छनोट



काठमाडौं । आईसीसी यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएको छ ।

आज भएको खेलमा घरेलु टोली यूएईलाई पराजित गर्दै नेपालले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो ।

नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् । यसअघि जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र