२९ कार्तिक २०८१, बिहिबार । November 14, 2024

यू–१९ महिला विश्वकप छनोटः नेपालले पायो ८४ रनको सामान्य लक्ष्य



काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा ८४ रनको लक्ष्य पाएको छ ।

दुबईस्थित द सेभेन स्टेडियममा नेपालले यूएईलाई ८३ रनमा रोकेको छ । यूएईले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ८३ रन बनायो । समाइरा धरनीधरकाले सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई कम योगफलमा समेट्ने क्रममा क्रिश्मा गुरुङले १७ रन खर्चेर ४ तथा रिया शर्माले १२ रन खर्चेर २ विकेट लिइन् ।

जवाफमा नेपाल मैदानमा उत्रेको छ । प्रतियोगितामा यूएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । आजको खेल विश्वकपमा छनोट हुने टिमको निर्णय लिनेछ ।

नेपाल यस खेलमा फराकिलो अन्तरले जित्नैपर्ने अवस्थामा रहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साताको अन्तिम कारोबारको दिन १४ अंकले बढ्यो नेप्से, १० अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक

ओरालो लाग्यो सुनको भाउ, एकैदिन तोलामा २२ सयले घट्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउमा भारी गिरवाट आएको

न्युजिल्याण्डविरुद्ध श्रीलंकाको शानदार जित, कुशल र आभिश्काको शतक

एजेन्सी । कुशल मेण्डिज र आभिश्का फेर्नानडोको शतकमा न्युजिल्याण्डविरुद्ध श्रीलंकाले

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ।

तिलक बर्माको शतकीय पारीसँगै दक्षिण अफ्रिकाविरुद्ध भारत विजयी

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा भारतले दोस्रो जित हासिल