२२ माघ २०८२, बुधबार । February 5, 2026

च्याम्पियन्स ट्रफि खेल्न भारत पाकिस्तानमा नजाने



काठमाडौं । ३ महिनापछि हुने च्याम्पियन्स ट्रफि खेल्न भारतले पाकिस्तान जान अस्विकार गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्डका अनुसार आइसिसीले भारत च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाँदैन भन्ने कुरा इमेल मार्फत जानकारी गराएको हो । पाकिस्तानले फेबु्रअरी १९ देखि मार्च ९ तारिखसम्म मिनी विश्वकप मानिने च्याम्पियन्स ट्रफीको आयोजना गर्दै छ।

यसअघि च्याम्पियन्स ट्रफी गत वर्षको एसिया कप जस्तै हाइब्रिड हस्टिङ मोडलमा हुन सक्ने अनुमान गरिएको थियो, गत वर्ष पाकिस्तानमा भएको एसिया कपमा भारतका सबै खेल श्रीलङ्कामा खेलिएको थियो तर पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नाक्भीले गत शुक्रबार सो मोडललाई च्याम्पियन्स ट्रफीमा स्वीकार गर्न नसक्ने बताएका थिए। त्यसपछि भारतको यो प्रतिक्रिया आएको हो।

यसैबिच केही महिनाअघि पाकिस्तानले ५० ओभरको एकदिवसीय विश्वकपका लागि भारत भ्रमण गरेको थियो। यी दुई देशबिचको राजनीतिक तनावले भारतले सन् २००८ देखि पाकिस्तानको भ्रमण गर्न अस्वीकार गर्दै आएको छ।

च्याम्पियन्स ट्रफिमा भारत सहित पाकिस्तान, बंगलादेश, इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानको सहभागिता रहने छ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल