१७ पुस २०८२, बिहिबार । January 2, 2026

च्याम्पियन्स ट्रफि खेल्न भारत पाकिस्तानमा नजाने



काठमाडौं । ३ महिनापछि हुने च्याम्पियन्स ट्रफि खेल्न भारतले पाकिस्तान जान अस्विकार गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्डका अनुसार आइसिसीले भारत च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाँदैन भन्ने कुरा इमेल मार्फत जानकारी गराएको हो । पाकिस्तानले फेबु्रअरी १९ देखि मार्च ९ तारिखसम्म मिनी विश्वकप मानिने च्याम्पियन्स ट्रफीको आयोजना गर्दै छ।

यसअघि च्याम्पियन्स ट्रफी गत वर्षको एसिया कप जस्तै हाइब्रिड हस्टिङ मोडलमा हुन सक्ने अनुमान गरिएको थियो, गत वर्ष पाकिस्तानमा भएको एसिया कपमा भारतका सबै खेल श्रीलङ्कामा खेलिएको थियो तर पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नाक्भीले गत शुक्रबार सो मोडललाई च्याम्पियन्स ट्रफीमा स्वीकार गर्न नसक्ने बताएका थिए। त्यसपछि भारतको यो प्रतिक्रिया आएको हो।

यसैबिच केही महिनाअघि पाकिस्तानले ५० ओभरको एकदिवसीय विश्वकपका लागि भारत भ्रमण गरेको थियो। यी दुई देशबिचको राजनीतिक तनावले भारतले सन् २००८ देखि पाकिस्तानको भ्रमण गर्न अस्वीकार गर्दै आएको छ।

च्याम्पियन्स ट्रफिमा भारत सहित पाकिस्तान, बंगलादेश, इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानको सहभागिता रहने छ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य