३ चैत्र २०८१, सोमबार । March 17, 2025

यु–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल



काठमाडौं । जारी आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले छस जितेर ब्याटिङ गरिरहेको छ।

प्रतियोगितामा ४ मध्ये तीन खेलमा जित निकालेको नेपाल चौथो जितको प्रयासमा रहेको छ। तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ। यसअघि नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो। त्यस्तै प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गर्दा दोस्रो खेल कुवेतसँग खेलेको थियो भने तेस्रो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो।

चौथो खेलमा थाइल्याण्डलाई १ सय ६ रनले हराएको नेपाल पाँचौ खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। कुवेतले प्रतियोगितामा खेलेको सबै चारै खेलमा हार बेहोरेको छ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली युएई, कुवेत र थाइल्याण्डको सहभागिता छ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ११ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति