१७ पुस २०८२, बिहिबार । January 2, 2026

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर २ हजार ७ सय ६० दशमलव २१ विन्दुमा पुगेको छ ।

आज ३०२ कम्पनीका दुई करोड ४५ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। नेप्सेका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको सूचक ओरालो लाग्दा बाँकी उपसमूह बढेका छन्। लघुवित्त सबैभन्दा धेरै ३.२० प्रतिशतले बढ्दा बैंक, लगानी र जीवन बिमा एक प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा घटेका सबै उपसमूह एक प्रतिशत भन्दा कमले घटेका छन्।

आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी माछापुच्छ्रे बैंक, नारायणी विकास बैंक र कुथेली बुखारी स्मल हाइड्रोका लागनीकर्ताले पनि झण्डै १० प्रतिशतको आम्दानी गरेका छन्।

बढेको बजारमा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य