१७ पुस २०८२, बिहिबार । January 2, 2026

एनपीएलः वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले पाँचौं विदेशी खेलाडी भित्राएको छ ।

पोखराले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई अनुबन्ध गरेको जनाएको छ । देब्रेहाते ब्याटिङ अलरान्डर ३१ वर्षीय राइफरले वेस्ट इन्डिजबाट ८ टेस्ट, ६ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनले सबैखाले टी–२० का ९३ खेलमा १ सय ८ को स्ट्राइक रेटमा १ हजार १ सय २४ रन बनाउनुका साथै ६६ विकेट लिएका छन् ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेको पोखराले वेस्ट इन्डिजकै एन्डरसन फिलिप, अमेरिकाका एन्ड्रे गाउस, नेदरल्यान्ड्सका बास डी लेड र इंग्ल्यान्डका म्याट क्रिचलीलाई लिइसकेको छ । राइफरलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो भएको विश्वास लिएका छन् ।

टोलीका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेटिएकाले टिम बलियो बनेको र प्रदर्शन पनि उच्च हुने विश्वास लिएको बताए । पोखराले आईपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध गरिसकेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य