१७ पुस २०८२, बिहिबार । January 2, 2026

यू-१९ महिला विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित, कुवेत १ सय ८ रनले पराजित



काठमाडौं । यूएईमा जारी आईसीसी यू १९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

बिहीबार (आज) भएको खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रन बनाउँदा अलआउट भयो । कुवेतकी जीफा जिलानीले सबैभन्दा धेरै १२ रन बनाइन् । नेपालकी रचना चौधरी र सिमाना केसीले समान २ तथा कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १ विकेट लिए ।

यसअघि यूएईमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो । नेपालकी कप्तान पूजा महतोले ३४, साना प्रविनले २५, ज्योत्सिका मरासिनीले २३ रन बनाइन् । कुवेतकी अयशा एकवालले २ विकेट लिइन् । नेपालले हिजो भएको पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।

अब नेपालले आउँदो शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  २ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य