१ चैत्र २०८१, शनिबार । March 15, 2025

सामान्य अंकले घट्यो नेप्से परिसूचक, ५ अर्ब २२ करोडको कारोबार



काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ ।

आज नेप्से एक दशमलव ८८ अङ्कले घटेर दुई हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ ।

बजार सामान्य घटेको दिन नारायणी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आज बजार घटे पनि कारोबार रकम भने बढेको छ ।

हिजो चार अर्ब २० करोडको शेयर कारोबार भएकोमा आज एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म