१७ पुस २०८२, बिहिबार । January 1, 2026

द हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको सनसनीपूर्ण जित



काठमाडौं । कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले जारी द हङकङ सिक्सेसमा अस्ट्रेलियाविरुद्ध ११ रनको सनसनीपूर्ण जित निकालेको छ ।

नेपालले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै सय रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाए । नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । २ ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिए ।

त्यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो । यसअघि शुक्रबार नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो । नेपाल पुल बी बाट क्वार्टरफाइनल प्रवेश गरिसकेको छ ।

क्वार्टरफाइनलमा नेपालले श्रीलंकासँग आजै खेल्दैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य