३१ आश्विन २०८३, शनिबार । October 18, 2026

द हङकङ सिक्सेसः नेपालले अहिले अस्ट्रेलियाको सामना गर्दै


१७ कार्तिक २०८१, शनिबार  

279
Shares

काठमाडौं । २०औं संस्करणको ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

नेपाली समय अनुसार अहिले सवा ६ बजेबाट सुरु हुने खेलमा नेपालले अस्ट्रेलियाको सामना गर्नेछ । नेपाल एक खेलअघि नै हङकङमा चलिरहेको ‘द हङकङ सिक्सेस’ प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । इङ्ग्ल्याण्डसँगको खेलमा नेपालको यो ऐतिहासिक जीतसमेत हो । यस्तै नेपालले क्वाटरफाइनलमा आजै दिउँसो श्रीलङ्कासँग खेल्दैछ । नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो ।

प्रतियोगितामा १२ टोली सहभागी छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि