१ चैत्र २०८१, शनिबार । March 16, 2025

द हङकङ सिक्सेस क्रिकेटः नेपालले आफ्नो पहिलो खेल इङ्ल्यान्डसँग खेल्दै



काठमाडौं । २०औं संस्करणको द हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्यान्डसँग खेल्दैछ ।

खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार आज बिहान ७ बजेर १० मिनेटमा शुरु हुनेछ । तीन पटकको च्याम्पियन इङ्ल्यान्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो । खेलमा इङ्ल्यान्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपाली टोली सन्दीप जोराको कप्तानीमा रहेको छ ।

प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलिया र इङ्ल्यान्डसँग रहेका छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग छ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘बी’ मा नेपाल, इङ्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।

समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’ मा श्रीलङ्का, बङ्गलादेश र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा