७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

आजको मौसमः पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव कायमै, हल्का बर्षाको सम्भावना



काठमाडौं । हाल देशभर पश्चिमी वायुको तथा स्थानीय वायुको आशिंक प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा