२२ मंसिर २०८२, आइतबार । December 7, 2025

साफ महिला च्याम्पियनशिपः फाइनल खेलको टिकट एन्फाले नै बेच्ने



काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आफैले बिक्रि गर्ने भएको छ ।

नेपाल र बङ्गलादेशबीच हुने फाइनलका लागि भोलि बिहान ८ बजेदेखि जावलाखेल फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकालीको नेपाली सेनाको गेटअघिबाट टिकट बिक्री गर्ने एन्फाले जनाएको छ । एक जनाले भीआईपीतर्फ अधिकतम दुई वटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् ।

यसअघि अनलाइनमार्फत बिक्री भएको टिकटको पैसा फिर्ता हुने एन्फाले जनाएको छ । सुरक्षाका कारण जम्मा १० हजार वटा टिकट मात्रै बेच्ने एन्फाले जनाएको छ । यसअघि टिकट बिक्रीको जिम्मा लिएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले भारतसँगको खेलका क्रममा रङ्गशालाको क्षमताभन्दा धेरै टिकट बिक्री गरेको र सुरक्षा जोखिम बढेको भन्दै एन्फाले सम्झौता रद्द गरेको छ ।

साफ महिला च्याम्पियनशिपको फाइनल खेल बुधबार बेलुका साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको