३ चैत्र २०८१, सोमबार । March 17, 2025

साफ महिला च्याम्पियनसिपः भुटानलाई हराउँदै बंगलादेश फाइनलमा



काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आइतबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई पराजित गर्दै साबिक विजेता बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भुटानलाई ७–१ ले हराउँदै बंगलादेशले तेस्रोपटक फाइनलमा स्थान बनाएको हो। भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमै ५–१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा भने मात्र दुई गोल गर्न सफल भयो। पहिलो सेमिफाइनलमा तोहुरा खातुनले ह्याट्रिक गरिन्।

कप्तान सविता खातुनले दुई गोल गर्दा रितु पोर्ना चक्मा र सेउली अजिमले समान एक गोल गरेका थिए। सन् २०२२ मा बंगलादेशले दशरथ रंगशालामै भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। उपाधि भिडन्तमा नेपाललाई ३–१ ले हराएको थियो।

त्यसअघि टोलीले सन् २०१६ मा पहिलोपटक फाइलनमा स्थान बनाएको थियो।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति