१ चैत्र २०८१, शनिबार । March 15, 2025

९ दशमलव १९ अंकले घट्यो नेप्से,चार अर्ब ७३ करोड बढीको कारोबार



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से ९ दशमलव १९ अंकले घटेको छ ।

आज नेप्से नेप्से परिसूचक ओरालो लागेर दुई हजार छ सय १६ दशमलव ९५ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४५ अङ्कले ओरालो लागेर चार सय ६९ दशमलव ८० मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको भने शेयर मूल्यमा गिरावट भएको छ ।

कूल एक करोड ११ लाख ३४ हजार एक सय ७८ कित्ता शेयर रु चार अर्ब ७३ करोड २४ लाख ८७ हजार आठ सय ६४ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स, रिभर फल्स पावर, माई खोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

समृद्धि फाइनान्स नौ दशमलव ९९ र कालिञ्चोक दर्शनका लगानीकर्ताले नौ दशमलव ७७ प्रतिशतले कमाएका छन् । त्यस्तै, नेपाल एसबिआई बैंक छ दशमलव ७९, प्राइम बैंक चार दशमलव १७, रावा इनर्जी चार दशमलव शून्य तीन, आइसिएफसी फाइनान्स तीन दशमलव ८३ र ज्योति विकास बैंकको ऋणपत्रका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा