२ चैत्र २०८१, आइतबार । March 17, 2025

विश्वकप लिग–२ः अमेरिकाविरुद्ध स्कटल्याण्ड १० विकेटले विजयी



एजेन्सी । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी शुरुवात गरेको छ ।

गएराती भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ३८ दशमलव ४ ओभरमा अल आउट हुँदै १ सय ४४ रन बनाएको थियो । अमेरिकाका लागि शाडली भान शाल्कवीकले सर्बाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए ।

त्यस्तै स्कटल्याण्डका बलर ब्राड कुरीले ४ विकेट लिए भने ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिएका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको