२ चैत्र २०८१, आइतबार । March 16, 2025

एएफसी यु–१७ एसिया कप छनोटः कतारसँग पराजित हुँदै बाहिरियो नेपाल



काठमाडौं । एएफसी यु–१७ एसिया कप छनोटअन्तर्गत नेपालले आयोजक कतारसँग ५–० गोल अन्तरले पराजित भएको छ ।

खेलको २१औँ मिनेटमा यजान मोहम्मदले गोल गर्दै घरेलु टिम कतारलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा जैद फैसलले गोल गर्दै कतारको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको कतारले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

खेलको ५५औँ मिनेटमा फैसलले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ६६औँ मिनेटमा ओमर अल मरजौकीले गोल गरेपछि कतार ४–० को स्थितिमा पुग्यो । खेलको ८३औँ मिनेटमा फैसलले ह्याट्रिक पूरा गरेपछि कतार नेपालमाथि ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

लगातार दुई खेलमा पराजित भएपछि नेपाल एक खेलअघि नै छनोटबाट बाहिरिएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको