४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएलः दक्षिण अफ्रिकी बलर ल्यांग चितवन राइनोजमा


८ कार्तिक २०८१, बिहिबार  

51
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई चितवन राइनोजले अनुबन्ध गरेको छ ।

१४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्न सक्ने ३४ वर्षीय लयांगलाई मंसिर १५ बाट हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवनले अनुबन्ध गरेको हो । ६ दशमलव ७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन् ।

ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टर सायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ । त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरीय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन् । सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका थिए ।

उक्त डेब्यु खेलमै उनले सात विकेट लिएका थिए । उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ । सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यु गरेका थिए । तेस्रो तथा खेलको अन्तिम ओभरमा उनले सात रन बचाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताएका थिए ।

सन् २०१७ देखि उनी ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा