२२ मंसिर २०८२, आइतबार । December 8, 2025

एनपीएलः दक्षिण अफ्रिकी बलर ल्यांग चितवन राइनोजमा



काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई चितवन राइनोजले अनुबन्ध गरेको छ ।

१४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्न सक्ने ३४ वर्षीय लयांगलाई मंसिर १५ बाट हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवनले अनुबन्ध गरेको हो । ६ दशमलव ७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन् ।

ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टर सायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ । त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरीय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन् । सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका थिए ।

उक्त डेब्यु खेलमै उनले सात विकेट लिएका थिए । उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ । सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यु गरेका थिए । तेस्रो तथा खेलको अन्तिम ओभरमा उनले सात रन बचाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताएका थिए ।

सन् २०१७ देखि उनी ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको