३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएलः इंग्ल्याण्डका सेफ अली जेब सुदूरपश्चिमबाट खेल्ने


८ कार्तिक २०८१, बिहिबार  

39
Shares

काठमाडौं । नेपाली प्रिमियर लिग (एनपीएल) मा इंग्ल्याण्डका सेफ अलि जेब सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

सुदूरपश्चिमले बिहीबार जेबलाई अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । २६ वर्षीय बायाँ हाते ब्याटिङ अलराउन्डर जेबले अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका छैनन् । तर, उनीसँग इंग्ल्याण्डको घरेलु काउन्टी क्रिकेट खेलेको अनुभव छ । जेबले अहिलेसम्म ७४ टी२० खेल खेलेका छन् । जसमा उनको उच्च स्कोर ९२ रन हो ।

सुदूरपश्चिम रोयल्सले दोस्रो विदेशी खेलाडीको रुपमा जेबलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले यसअघि स्कटिस अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । जसमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली