१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

युइएफए च्याम्पियन्स लिगः एसी मिलानको पहिलो जित



एजेन्सी । इटालियन क्लब एसी मिलानले युइएफए च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ ।

लगातार दुई खेलमा पराजित भएको एसी मिलानले मंगलबार राति भएको खेलमा बेल्जियन क्लब ब्रुगलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान सान सिरोमा भएको खेलमा नेदरल्यान्ड्सका खेलाडी तिज्जानी रेजिन्डर्सले दोस्रो हाफमा दुई उत्कृष्ट गोल गरे, जसले मिलानलाई २०२४ को प्रतियोगितामा पहिलो तीन अंक दिलायो ।

खेलको ३४औं मिनेटमा क्रिस्टियन पुलिसिकले कार्नरबाट सिधै गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा नाइजेरियन मिडफिल्डर राफाएल ओन्येडिकाले रेजिन्डर्सलाई गरेको फउलको लागि रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा रहे पनि ब्रुगका किरियानी साब्बेले ५१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६१औं र ७१औं मिनेटमा तिज्जानी रेजिन्डर्सले गोल गर्दै एसी मिलानलाई ३–१ को जित दिलाए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा