३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

युइएफए च्याम्पियन्स लिगः एसी मिलानको पहिलो जित



एजेन्सी । इटालियन क्लब एसी मिलानले युइएफए च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ ।

लगातार दुई खेलमा पराजित भएको एसी मिलानले मंगलबार राति भएको खेलमा बेल्जियन क्लब ब्रुगलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान सान सिरोमा भएको खेलमा नेदरल्यान्ड्सका खेलाडी तिज्जानी रेजिन्डर्सले दोस्रो हाफमा दुई उत्कृष्ट गोल गरे, जसले मिलानलाई २०२४ को प्रतियोगितामा पहिलो तीन अंक दिलायो ।

खेलको ३४औं मिनेटमा क्रिस्टियन पुलिसिकले कार्नरबाट सिधै गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा नाइजेरियन मिडफिल्डर राफाएल ओन्येडिकाले रेजिन्डर्सलाई गरेको फउलको लागि रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा रहे पनि ब्रुगका किरियानी साब्बेले ५१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६१औं र ७१औं मिनेटमा तिज्जानी रेजिन्डर्सले गोल गर्दै एसी मिलानलाई ३–१ को जित दिलाए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी