३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

युइएफए च्याम्पियन्स लिगः भिनिसियसको ह्याट्रिकमा डोर्टमण्डमाथि रियल म्याड्रिडको जित



एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले डोर्टमण्डलाई ५(२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २–० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा ५ गोल गर्दै शानदार कमब्याक गरेको थियो । रियल म्याड्रिडको जितमा भिनिसियस् जुनियरले ह्याट्रिक गरेका थिए । त्यस्तै एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले एक एक गोल गरेका थिए ।

त्यसैगरी डोर्टमण्डका लागि डोनीयल मालेन र जामी बिनोय गिटनले एक एक गोल गरेका थिए । यो यस सिजनको च्याम्पियन्स लिगमा रियल म्याड्रिडको दोस्रो जित हो । ३ खेलमा ६ अंक हासिल गरेको रियल म्याड्रिड नवौं स्थानमा रहेको छ ।

त्यस्तै डोर्टमण्डको पनि ३ खेलमा ६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी