७ चैत्र २०८२, शनिबार । March 21, 2026

नेपालको स्मार्टफोन बजारमा टेक्नो स्पार्क ३०ः नयाँ प्रविधिको उत्कृष्ट संयोजन


६ कार्तिक २०८१, मंगलबार  

39
Shares

काठमाडौं । टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ३० नेपाली बजारमा सार्वजनिक गरेको छ ।

जसले मिड–रेन्ज स्मार्टफोन क्षेत्रमा ठुलो परिवर्तन ल्याउने दाबी गरेको छ। कम्पनीका अनुसार यो डिभाइस विशेषगरी युवा पुस्ताका लागि लक्षित गरिएको छ, जसमा मिलेनियल्स, जेन जेड र फोटोग्राफीमा रुचि राख्नेहरू समावेश छन्। स्पार्क ३० को डिजाइन आकर्षक र प्राविधिक विशेषताहरू अत्याधुनिक छन्।

बम्बलबी संस्करण यसको मुख्य विशेषता हो, जसले युवा पुस्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसमा मीडियाटेक हेलियो जी ९१ प्रोसेसर जडान गरिएको छ, जसले यसलाई सहज गेमिङ, मल्टिटास्किङ, र उच्च कार्यसम्पादन गर्न सक्षम बनाउने कम्पनीको दाबी छ । यस डिभाइसको क्यामेरा विशेषताले प्रयोगकर्ताहरूलाई निकै उत्साहित बनाएको छ। ६४ एमपी सोनी क्यामेराको मद्दतले कम प्रकाशमा समेत स्पष्ट र उच्च गुणस्तरका तस्बिर र भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै, १३ एमपी सेल्फी क्यामेरले भिडियो कलहरू र सेल्फी अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ । ५००० एमएएच ब्याट्री क्षमता भएको यसले लामो समयसम्म प्रयोग गर्न मिल्ने क्षमता प्रदान गर्दछ भने १६ जीबी र्याम र २५६ जीबी स्टोरेजले पर्याप्त फाइलहरू सुरक्षित गर्न सहयोग पुर्‍याउँछ।

यसलाई थप विस्तार गर्न माइक्रोएसडी कार्डको प्रयोग पनि गर्न सकिने कम्पनीले जनाएको छ । स्पार्क ३० ले पहिलो पटक बजारमा धेरै नवीन विशेषताहरू ल्याएको छ। यसको मूल्य रु २२ हजार ९९० देखि सुरु हुन्छ, जसमा बम्बलबी संस्करण पनि समावेश छ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो