२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

तेस्रो कारोबारको दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


६ कार्तिक २०८१, मंगलबार  

45
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्से २५ दशमलव ८८ अंकले बढेको छ ।

आज नेप्से २५ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ६५ मा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा खुम्चियो । १ सय ९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । फाइनान्स सबैभन्दा धेरै ३ दशमलव ०३ प्रतिशत बढ्यो ।

बैंकिङ ० दशमलव ६८, विकास बैंक १ दशमलव २५, होटल तथा पर्यटन ० दशमलव ४४, हाइड्रोपावर १ दशमलव ४२, लगानी ० दशमलव ९२, जीवन बीमा ० दशमलव ४९, उत्पादन २ दशमलव १४, माइक्रोफाइनान्स ० दशमलव ६६, निर्जीवन बीमा ० दशमलव ६१, अन्य १ दशमलव ०२ र व्यापार समूह ० दशमलव ९० प्रतिशत बढे ।

रावा इनर्जीको मूल्य ८ दशमलव ८६ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङको ७ दशमलव ८२, थ्रीस्टार हाइड्रोपावरको ६ दशमलव ३६, माहुली लघुवित्तको ६ दशमलव १० तथा मैलुङखोला जलविद्युतको ६ दशमलव ०९ प्रतिशत मूल्य बढ्यो ।

विन नेपाल लघुवित्तको मूल्य ४ दशमलव ७५ तथा सिकलेस हाइड्रोपावरको २ दशमलव ५० प्रतिशत घट्यो ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ