काठमाडौं । अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालले क्लिन स्विप गरेको छ।
सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भयो। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो। अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो।
घरेलु टोलीका ओपनर साइटेजा मुकामल्लले सर्वाधिक ६८ रन बनाएका थिए। मिलिन्द कुमारले ४३ रनको योगदान गरे। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १–१ विकेट लिए। एकसय ५७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले ओभरमा लक्ष्य पुरा गर्यो।
नेपालका लागि आशिफ शेखले ३८ बल ५० रनको योगदान दिएका थिए । यस्तै ओपनर अनिल शाह १३ रन बनाएर आउट भएका थिए । यस्तै कुशल भुर्तेल र कुशल मल्लले नटआउट रहँदै क्रमशः ४० र ४४ रनको योगदान दिए ।
प्रतिक्रिया