१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

एनपीएलः नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने



कास्की । नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडे नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

यसअघि अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २४ वर्षीय बास डि लिडे नेदरल्यान्ड्सका लागि ३८ टि २० आईमा खेलेका छन् । जसमा ६९७ रन बनाएका छन् ।

बास डि लिडेलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए ।

एनपिएलकै सबैभन्दा मंहगो टिम पोखराले कुशल, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले