९ चैत्र २०८२, सोमबार । March 24, 2026

टी–२० सिरिजःअमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य


५ कार्तिक २०८१, सोमबार  

171
Shares

काठमाडौं । अमेरिका विरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा नेपालले १ सय ५७ रनको लक्ष्इ पाएको छ ।

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १ सय ५६ रन जोड्यो। अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर तथा कप्तान मोनाक पटेल २ रनमा एलबिडब्लूको धरापमा परे। उनलाई पनि सोमपालले दोस्रो ओभरमा सिकार बनाएका थिए। अघिल्लो खेलमा अर्धशकत प्रहार गरेका आन्द्रेस गस २ रनमा आउट हुँदा आरोन जोन्सले १३ रन मात्र जोड्न सके। मिलिन्ड कुमारले नटआउट ४३ रन जोडे। उनले ३५ बलमा ४ चौका प्रहार गरे।

हर्मित सिंहले ३ बलमा नटआउट १० रन बनाए। बलिङमा नेपालका सोमपालले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट हात पारे।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali