९ चैत्र २०८१, आइतबार । March 23, 2025

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना, अधिकांश भागमा मौसम सफा रहने



काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको हो ।

कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ ।

कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आइतबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वराजा शाह कुनै हालतमा संवैधानिक राजा बन्ने योग्य छैनन्: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई

महायज्ञको नाममा दलित परिवारको घर तोड्नेलाई कडा कारबाही गर्ने पूर्वप्रधानमन्त्री खनालको माग

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको

‘भाइरल गोर्खे’को टिजरमा सौगातलाई ‘सुपरस्टार’को ट्याग, ऋषि धमला पत्रकारको भूमिकामा

काठमाडौं। निर्देशक निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘भाइरल गोर्खे’को टिजर

ऊर्जामन्त्रीलाई महावीरको सुझाव: कुलमान जस्तै काम गर, नत्र माफी माग

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक

पूर्वराजा शाहसँग सबैभन्दा बढी त्रसित ओली !

काठमाडौं । गणतन्त्रवादी र राजावादीहरू बीचको संघर्षले राजनीतिक वृत्तमा चर्को