२ चैत्र २०८१, आइतबार । March 17, 2025

साउदी प्रो लिगः रोनाल्डोको पेनाल्टी गोलमा अल नासर विजयी



एजेन्सी । साउदी प्रो लिगमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल शबाबलाई हराएको छ ।

गएराति अल शबाब स्टेडियममा भएको खेलमा अल नासरले घरेलु टोलीलाई २–१ गोलले हरायो । अल नासरका लागि खेलको ६९ औं मिनेटमा एमेरिक लापोर्टे र खेलको दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे । अल शबाबले खेलको ९० औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको दोस्रो हाफको इन्ज्युरी समयको १३ औं मिनेटमा अल शबाबले पेनाल्टी पाए पनि गोल गर्न सकेन । यो जीतसँगै अल नासर ७ खेलमा १७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको