१७ पुस २०८२, बिहिबार । January 1, 2026

अमेरिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपाल विजयी



काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपाल विजयी भएको छ।

अमेरिकाको टेक्सासस्थित डलासमा शुक्रबार विहान सकिएको खेलमा नेपालले १७ रनको जित निकालेको हो। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन जोड्यो। अमेरिकाका लागि शयन जहनगिरले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन।

उनले नटआउट ६० रन बनाउँदा ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अमेरिकाका कप्तान तथा ओपनर मोनाक पटेल तेस्रो ओभरको पहिलो बलमा ३ रनमा आउट भएका थिए। उनलाई रिजन ढकालले बोल्ड गरे। अघिल्लो ओभरमा अर्का ओपनर मुक्कामाला २ रनमा करण केसीको बलमा रोहित पौडेलबाट क्याच हुँदा नेपालले उत्कृष्ट सुरुवात गर्‍यो।

त्यसपछि आन्द्रेस गसले २५ बलमा ३० रन जोडे भने आरोन जोन्स ३ रन र मिलिन्ड कुमार २२ रनमा आउट भए। हर्मित सिंह शून्यमा एलबिडब्लूको धरापमा पारे। नेपालका दीपेन्द्रसिंह ऐरीले १६ ओभरको पहिलो र दोस्रो बलमा मिलिन्ड र हर्मितलाई आउट गरेका थिए।

जससँगै खेलमा नेपाल हाबी भएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई