२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

साफ वुमन्स च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै



काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल भुटानसँग खेल्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने नेपाल र भुटानबीचको खेल साँझ ५ः ३० बजेबाट सुरु हुनेछ। नेपाल आजको खेलमा जितको लक्ष्यसहित मैदान उत्रने छ। तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले राम्रो लय समातेको हुँदा आजको खेल दुबै टोलीका लागि चुनौतीपूर्ण हुनेछ।

तर, नेपाल आजको खेलमा सावित्रा भण्डारी साम्बाबिनै मैदान उत्रन लागेको छ। फ्रेन्च महिला लिगमा उनी व्यस्त रहेकोले साफको पहिलो खेल उनले गुमाउने भएकी हुन्। नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थियो। जसमा सबै खेल नेपालले जितेको छ।

आजै समूह ‘बी’ को पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ। दशरथ रङ्गशालामा हुने यो खेल दिउँसो १ बजेबाछ सुरु हुनेछ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई